४ जेष्ठ २०८१, शुक्रबार

एमालेका समिति तथा उपसमिति



धनगढी । आसन्न स्थानीय तह निर्वाचनलाई दृष्टिगत गरी नेकपा एमालेले धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा बुधबार विभिन्न समिति तथा उपसमिति गठन गरेको छ ।
बुधबार भएको एक भेलाले विभिन्न समिति तथा उपसमिति गठन गरेको जनाइएको छ । भेलाको प्रदेश लेखा आयोग अध्यक्ष दिपकप्रसाद देवकोटाले उद्घाटन गरे । भेला वडाध्यक्षका उम्मेदवार विष्णु पुरीको अध्यक्षतामा भएको थियो ।
भेलाले केशव भट्टको संयोजकत्वमा निर्वाचन परिचालन मूल कमिटी गठन गरेको छ । यस्तै महेन्द्र शाहीको संयोजकत्वमा आर्थिक परिचालन उपसमिति, गोपाल साउदको संयोजकत्वमा समाग्री एवं कार्यालय व्यवस्थापन उपसमिति, अर्जुन रावलको संयोजकत्वमा प्रचारप्रसार र विश्वास शाहको संयोजकत्वमा स्वयंसेवक परिचालन कमिटि गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार