३ जेष्ठ २०८१, बिहीबार

बिना कारण विद्यालय बन्द



धनगढी । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले बिना कारण जबरजस्ती विद्यालय बन्द गराएका छन् ।
विप्लव निकट अखिल क्रान्तिकारीले जिल्ला सहसचिव रमेश साउँदको रिहाईको मुख्य माग निजी क्षेत्रका विद्यालय बन्द गराएको छ ।
सहसचिव साउँदलाई शनिबार जिल्ला प्रहरी कार्यालय कैलालीले गिरफ्तार गरेको थियो । प्रहरीले उनलाई गेटामा रहेको धनगढी उपमहानगरपालिका कार्यालय साइनबोर्डमा मेटाएर ‘धनगढी उपमहानगरपालिकाको जनपरिषद’ लेखेको आरोपमा पक्राउ गरेको थियो ।
तर, अखिल क्रान्तिकारीले भने मोर्डन ऐराका प्रिन्सिपल आरसी यादवले सहसचिव साउँदलाई पक्राउ गर्न लगाएको दाबी गर्दै विद्यालय बन्द गराएको छ । केही दिनअघि अखिल क्रान्तिकारीका कार्यकर्ताले प्रिन्सिपल यादवमाथि कालोमोसो दल्नुका साथै दुव्र्यवहार गरेका थिए ।
घटनापछि प्रिन्सिपल यादवले सहसचिव साउँद, विमल धामी, केशव उपाध्याय र ईष्टुका केन्द्रीय सदस्य धर्मराज भट्टविरुद्ध प्रहरी कार्यालयमा उजुरी दिए पनि आइतबार नै मुद्दा फिर्ता लिइसकेका छन् । अखिल क्रान्तिकारीले भने सोमबारदेखि ‘शैक्षिक हड्ताल’ घोषणा गरेका थिए ।
विद्यालय सञ्चालकहरूले निर्वाचन आचारसंहिता विपरित काम गरेको भन्दै प्रहरीले कानूनी कारबाही अघि बढाएकोमा अखिल क्रान्तिकारीले आफ्नो स्वार्थका लागि हजारौं विद्यार्थीको भविष्यमाथि खेलवाड गरिरहेको आरोप लगाए ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरले प्रहरीले रमेशलाई निर्वाचन आचारसंहिता विपरित काम गरेकोले पक्राउ गरेको बताए । उनले शिक्षकमाथि दुव्र्यवहार गरेको पुष्टी नभएको र सो उजुरी उजुरीकर्ता स्वयंले आइतबार नै फिर्ता लिइसकेको बताए ।
शैक्षिक सत्र २०७४ शुरु भएको २५ दिन भइसकेको छ तर, संस्थागत विद्यालयहरू वारम्बार बन्द भइरहेकाने विद्यार्थीको अध्यापन गर्न पाउने अधिकारको हनन् भएको अनौपचारीक क्षेत्र सेवा केन्द्रका ईन्सेक क्षेत्रीय संयोजक खड्कराज जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार