४ जेष्ठ २०८१, शुक्रबार

काँग्रेसको क्षेत्रीय प्रशिक्षण



धनगढी । नेपाली काँग्रेस कैलाली, क्षेत्र नम्बर ४ को मंगलबार प्रशिक्षण कार्यक्रम भएको छ ।
प्रशिक्षण कार्यक्रमको सांसद डिल्लीराज चौधरीले उद्घाटन गरेका थिए । कार्यक्रम नेपाली काँग्रेस वडा संयोजक नरहरि रिजालको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा महासमिती सदस्य भीम बडुवाल र रिता चौधरी, महाधिवेशन प्रतिनिधि लक्ष्मीराज जोशी लगायतको उपस्थिती रहेको थियो ।
वडा सहसंयोजक तीर्थबहादुर शाहीले स्वागत गरेको कार्यक्रमको सञ्चालन वडा सचिव घनश्याम ओझाले गरेका थिए ।
प्रशिक्षण कार्यक्रममा ओमजंग सिंह र रिता चौधरीले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार