६ कार्तिक २०८१, मंगलवार

एमालेको गाउँभेला



धनगढी । कैलालीको जोशीपुर गाउँपालिकामा नेकपा एमालेको गाउँ भेला मंगलबार भएको छ ।
भेलाको वैकल्पिक केन्द्रीय सदस्य नेटमणि चौधरीले उद्घाटन गरेका थिए । कार्यक्रम जोशीपुर गाउँ कमिटी संयोजक प्रेमलाल चौधरीको अध्यक्षतामा भएको थियो ।
भेलामा एमाले कैलाली जिल्ला अध्यक्ष दीर्घ सोडारी, रामप्रसाद चौधरी, जिल्ला कार्यालय सचिव विमल जोशी, अनेमसंघका जिल्ला अध्यक्ष गीता सोडारी, सचिवालय सदस्य भैरव रावल, मदन ओझा, लोकेन्द्र शाही लगायतको सहभागिता रहेको थियो ।
जिल्ला सदस्य रामकुमार कठरीयाले स्वागत गरेको कार्यक्रमको सञ्चालन गाउ कमिटि सचिव शेरबहादुर साउँदले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार