४ जेष्ठ २०८१, शुक्रबार

अत्तरिया कप : उपाधिका लागि एपीएफ र राइजिङ क्रिकेट वुमन आज भिड्ने



धनगढी । रुस्लान अत्तरिया कपको उपाधिका लागि विभागीय टोली एपीएफ र राइजिङ क्रिकेट वुमनले उपाधिका लागि आज भिड्ने भएका छन् । सोमबार भएका सेमिफाइनलमा जित हात पार्दै दुबै टोली उपाधिका लागि भिड्ने भएका हुन् ।
पहिलो सेमिफाइनलमा एपीएफले पहिलो सेमिफाइनलमा कैलाली जिल्ला क्रिकेट एकेडेमीलाई ८२ रनले हराएको हो भने दोस्रो सेमिफाइनलमा राइजिङ क्रिकेट वुमनले झापा क्रिकेट एकेडेमीलाई ९ रनले किनारा लगाएको हो ।
अत्तरियाको शसस्त्र प्रहरी बलको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा टस जितेर पहिले व्याटिङ गर्दै एपीएफले निर्धारित २० ओभरमा ५ विकेट क्षतिमा १५० रन बनायो । टीमका लागि करुणा भण्डारीले ४२ रनको पारी खेलिन् । २९ बलको सामना गर्दै उनले एक छक्का र ६ चौका प्रहार गरिन् ।
टीमका लागि १५ बल खेल्दै ३ चौकाको मद्दले बिनु बुढामगरले २१ रन र ममता चौधरीले १५ रन बनाइन् । दोस्रो विकेटका लागि ज्योति र सरीता मगरले ३२ रनको, तेस्रो विकेटका लागि ज्योति र करुणाले ३५ रनको तथा करुणा र ममताले चौथो विकेटका लागि २९ रनको महत्त्वपूर्ण साझेदारी गरे ।
कैलाली जिल्ला क्रिकेट एकेडेमीका लागि कविता कुँवरले ३ विकेट लिईन । ४ ओभर बलिङ गरेकी उनले २३ रन खर्चिन । यस्तै अञ्जली चन्द र लक्ष्मी साउँदले एक एक विकेट लिईन् । ३
ओभर बलिङ गरेकी लक्ष्मीले ३३ रन खर्चिन । कैलालीका लागि सुमन विष्टको बलिङ भारी भयो । एक ओभरमा २३ रन दिएकी उनले आफूले गरेको ४ ओभरमा ४७ रन खर्चिन ।
एक सय ५१ रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको कैलाली जिल्ला क्रिकेट एकेडेमी १९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ६८ रनमा समेटियो । टोलीका लागि नितु भण्डारीले १७ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् । एपीएफको कसिलो बलिङ सामु कैलालीका खेलाडी निरीह देखिए । एपीएफको जितमा बिनु बुढामगरले ३ विकेट लिईन । सरीता मगर र सीता रानामगरले दुई/दुई विकेट लिए भने करुणा भण्डारी र रितु कनौजीयाले एक एक विकेट लिए ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेकी एपीएफकी कप्तान बिनु बुढामगर वुमन अफ द म्याच भईन् । उनले नगद ३ हजार हात पारिन् । त्यस्तै खेलमा एक एक छक्का प्रहार गरेकी एपीएफकी करुणा भण्डारी र ईन्दु बर्माले नगद पाँच सय प्राप्त गरिन् ।
सोमबार दिउँसो भएको दोस्रो सेमिफाइनल खेलमा टस हारेर व्याटिङको निम्तो पाएको राइजिङ क्रिकेट वुमनले २० ओभरमा ३ विकेट क्षतिमा ११९ रन बनायो । टीमका लागि पूजा निभाभाटले सर्वाधिक ४७ रन बनाइन् भने साम्पा मुखर्जीले ४२ रनको अविजित पारी खेले । सहनाज प्रविणले १७ रन बनाईन । ११९ रनको योगफलसम्म आफ्नो टीमलाई पुर्‍याउने क्रममा पहिलो विकेटका
लागि सहनाज र पूजाले ३३ रनको साझेदारी गरिन । यस्तै, दोस्रो विकेटका लागि पूजा र साम्पाले ७२ रनको अर्धशतकीय साझेदारी गरिन् । झापाका लागि सरस्वती चौधरी २ र अनुराधा चौधरीले एक विकेट लिईन् ।
१२० रनको लक्ष्य लिएर मैदान उत्रिएको मिलन क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ११० रन मात्रै बनाउन सक्यो । कप्तान रुबीना क्षेत्रीले ३९ रनको योगदान गरे पनि आफ्नो टीमलाई जिताउँन सकिनन् । टोलीका लागि रितु जैन र मुस्कान बेगमले २१/२१ रन बनाइन् । दोस्रो विकेटका लागि ऋतु र रुबीना बीच ५० रनको साझेदारी समेत भएको थियो । राइजिङ क्रिकेट वुमनलाई फाइनलमा पुर्‍याउनका लागि पूजा निभाभाटले ४ विकेट लिईन । ४ ओभर बलिङ गरेकी उनले २२ रन खर्चिन । नेरी थापाले पनि ४ ओभरमा १४ रन खर्चेर ३ विकेट हात पारिन । राइजिङ क्रिकेट वुमनकी पूजा निभाभाट वुमन अफ द म्याच हुादै नगद ३ हजार प्राप्त गर्न सफल भईन् ।
बैशाख २१ गतेदेखि सुरु भएको प्रतियोगिता आज (मंगलबार) सम्पन्न हुनेछ । एपीएफ र राइजिङ क्रिकेट वुमन बीच मंगलबार दिउँसो उपाधिका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार