४ जेष्ठ २०८१, शुक्रबार

धनगढीमा शैक्षिक मेला



धनगढी । उच्च शिक्षा अध्यनका लागि देश बाहिर जाने बिद्यार्थीलाई लक्षित गरी सोमबारबाट धनगढीमा ग्लोबल क्यारियर परामर्श अर्थात् शैक्षिक मेला शुरु भएको छ ।
अन्ट्रयाक एडु कन्सल्टेन्सीको आयोजना र रिपब्लिकाको सहयोगमा सोमबार र मंगलबार गरी दुई दिन सञ्चालन हुने शैक्षिक मेलामा विद्यार्थी, शिक्षक र अभिभावकको सहभागिता रहेको छ । साथी होटलमा सञ्चालन गरिएको मेलामा उच्च शिक्षा अध्ययन गर्न देश बाहिर जाने विद्यार्थीलाई उपयुक्त विषय र उपयुक्त ठाउँका बारेमा सही सूचना दिने काम भईरहेको स्कुलिङ एबर्डका म्यानेजिङ डाईरेक्टर प्रवल रेग्मीले बताए ।
उनले भने– ‘धेरै उच्च शिक्षा पढने विद्यार्थीहरू कुन विषय कुन ठाउँमा पढने भनेर अन्योलमा छन, तिनका लागि हामी सहि सूचना दिन्छौं ।’ मेलामा सहभागीलाई नि:शुल्क रूपमा क्यारियर निर्माणका लागि सुझाब सल्लाह दिने गरेको उनले बताए ।
भारतको ब्याङलोरमा रहेका कलेजका शिक्षकहरूको समेत सहभागिता रहेको मेलामा ईञ्जिनियररिङ, मेडिकल, फार्मेसी, पारामेडिकल, व्यवस्थापन, नर्सिङ, कानुन, डिप्लोमा, कृषि लगायतका विषयमा सुझाव तथा सल्लाह दिने काम भइरहेको उनको भनाई छ ।
‘पढने रुचि भएका तर आर्थिक समस्या भएका विद्यार्थीहरूलाई पनि नि:शुल्क पढाईको सिफारिस गर्ने गरेका छौं’ रेग्मीले भने– ‘पढाईमा तगडा भएकाहरूले आर्थिक अभावमा पढनबाट बञ्चित हुनु पर्दैन ।’ मेला कैलालीसहित नेपालका पश्चिमी क्षेत्रमा कार्यक्रम सञ्चालन गरिने बताईएको छ ।
कन्सलटेन्सीले धनगढी पछि बैशाख २८ र २९ गते नेपालगञ्ज तथा बैशाख ३१ र जेठ १ गते दाङमा सो कार्यक्रम गर्न लागेको कन्सलटेन्सीका सञ्चालक सञ्जीत कनौजियाले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार