११ श्रावण २०८१, शुक्रबार

अत्तरिया कपको सेमिफाइनल समिकरण पूरा



धनगढी । अत्तरिया कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको आइतबार सेमिफाइनलमा समिकरण पूरा भएको छ । बारा क्रिकेट एकेडेमीलाई हराउादै कैलाली जिल्ला क्रिकेट एकेडेमी अन्तिम चारमा प्रवेश गरेसागै सेमिफाइनल समिकरण पूरा भएको हो ।
समुह बी मा रहेका बारा र कैलालीले आफ्नो पहिलो खेलमा पराजित भएका कारण जित्ने टीम सेमिफाइनल पुग्ने अवस्थामा कैलालीले बारामाथि ८ विकेटको सानदार जित दर्ता गरेको हो ।
आज (सोमबार) हुने पहिलो सेमिफाइनलमा अब समूह ‘ए’ को विजेता एपीएफसाग समूह ‘बी’ को उपविजेता कैलालीले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । त्यस्तै समूह ‘बी’ को विजेता राइजिङ क्रिकेट वुमनले समूह ‘ए’ को उपविजेता मिलन क्रिकेट एकेडेमी झापासाग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।
अत्तरियास्थित शसस्त्र प्रहरी बलको खेल मैदानमा जारी प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा टस जितेर पहिले व्याटिङ गर्दै बारा क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट क्षतिमा ६७ रनको सामान्य योगफल मात्रै बनाउन सक्यो । जसमा व्याटबाट ५० र अतिरिक्तबाट १७ रन बनेको थियो । शनिबार राइजिङ क्रिकेट वुमनसागको खेलमा पनि बाराले ७३ रनको स्कोर मात्रै बनाउन सकेको थियो ।
राइजिङले बारा बिरुद्ध प्रतियोगिताकै सर्वाधिक २०३ रनको स्कोर खडा गरेको थियो । बाराको पारीमा सरस्वती पुनले १९ र ममता चौलागाईंले १० रन बनाईन । अरु खेलाडीहरूले दोहोरो रन स्कोर बनाउन सकेनन् । कैलालीका लागि सुमन विष्टले २ विकेट लिईन् । कविता कुावर अन्जली चन्द, लक्ष्मी साउादले एक एक विकेट लिईन । ६८ रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको कैलाली जिल्ला क्रिकेट एकेडेमीले सहज रुपमा पूरा गर्‍यो । मञ्जु विष्टको ३३ रनको अविजित पारी र कविता कुावरको २२ रनको मद्दतले कैलालीले १२ ओभरमा २ विकेट क्षतिमा लक्ष्य भेटायो । बाराकी सामना पुनले एक विकेट लिईन । खेलमा उत्कृष्ट व्याटिङ गरेकी मन्जु बोगटीले वुमन अफ द म्याच हुादै नगद तीन हजार हात पारिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार