३ आश्विन २०८१, बिहीबार

जिशिअ कार्यकक्षमा तालाबन्दी जारी



धनगढी । शुल्क बृद्धिको विरोध गर्दै संयूक्त विद्यार्थी संगठनले आइतबार पनि जिल्ला शिक्षा अधिकारीको कार्य कक्ष र लेखाशाखामा तालाबन्दी जारी राखेका छन् ।
गत बुधबार विद्यालय शुल्क निर्धारण समितिले विद्यार्थी र अभिभावकको अनुपस्थितिमै विगतको शुल्कलाई दोब्बर बनाएको र खारेजीको माग राख्दै तालाबन्दी जारी राखेका हुन् ।
विद्यार्थी संगठनले आईतबार प्रेश विज्ञप्ती जारी गर्दै जिल्ला शिक्षा कार्यालयले आफनो मागको सुनुवाई नगरेको हुँदा आज (सोमबार) देखि कार्यालयका कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाई कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गर्ने जनाएको छ । आज साँझसम्म शुल्क बृद्धि फिर्ता नभए थप कडा आन्दोलन गर्ने चेतावनी विज्ञप्तीमार्फत दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार