३ आश्विन २०८१, बिहीबार

गोठमा आगलागी



धनगढी । कैलालीको साविकको हसुलिया गाविस वडा नम्बर ९, हसुलियामा शनिबार दिउँसो आगलागीबाट स्थानीय दु:खीराम चौधरीको गाईगोठ जलेको छ ।
घर नजिकै रहेको गहँुको नलमा आगो लगाउने क्रममा एक्कासी हावाहुरी चलेका कारण आगलागी भएको दु:खीरामले बताए । आगलागीबाट एक बंगुर, धान, गहु र मसुरो, पराल जलेर नष्ट भएको उनले बताए ।
धनगढीबाट गएको दमकल, प्रहरी र स्थानीयको प्रयासबाट आगलागी नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार