२ जेष्ठ २०८१, बुधबार

धनगढीमा ग्लोबल क्यारियर परामर्श हुने



धनगढी । शिक्षा क्षेत्रमा गुणस्तर बृद्धि गराउने उद्देश्यसहित धनगढीमा ग्लोबल क्यारियर परामर्श २०१७ हुने भएको छ ।
अन्ट्रयाक एडु कन्सल्टेन्सीले कैलालीसहित नेपालका पश्चिमी क्षेत्रमा उक्त कार्यक्रम गर्न लागेको हो । कन्सलटेन्सीले बैशाख २५ र २६ गते धनगढीमा, २८ र २९ गते नेपालगञ्ज तथा बैशाख ३१ र जेठ १ गते दाङमा सो कार्यक्रम गर्न लागेको हो ।
विद्यार्थीलाई नेपालमै अध्यापन गर्ने वातावरणको सिर्जना गर्न कार्यक्रमको आयोजना गरिन लागेको कन्सलटेन्सीका सञ्चालक सञ्जीत कनौजियाले बताए ।
‘नेपालको शिक्षा अन्य राष्ट्र भन्दा राम्रो छ,’ उनले ईअनुमोदनसंगको कुराकानीमा भने, ‘तर, पनि यस क्षेत्रका विद्यार्थीहरू अध्यापनका लागि भारतको दिल्ली, वेंग्लौर लगायत अन्य राष्ट्रमा अध्यापन गर्न गईरहेका छन् ।’ उनले यो प्रवृतिलाई न्यूनिकरण यस क्षेत्रको शिक्षामा गुणस्तर ल्याउन जरुरी रहेको बताए ।
नेपालमै पहिलो पटक हुन लागेको कार्यक्रममा ईञ्जिनियररिङ, मेडिकल, फार्मेसी, पारामेडिकल, व्यवस्थापन, नर्सिङ, कानुन, डिप्लोमा, कृषिलगायतका विषयमा वृहत छलफल गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार