३ आश्विन २०८१, बिहीबार

डीपीएलको हिसाबकिताब सार्वजनिक



धनगढी ।  देशकै सर्वाधिक धनराशिको धनगढी प्रिमियर लिग (डीपीएल)को हिसाबकिताब सार्वजनिक गरिएको छ । मंगलबार धनगढीमा पत्रकार सम्मेलन गर्दै आयोजकले आर्थिक आम्दानी र खर्चको विवरण सार्वजनिक गरिएको हो ।
प्रतियोगिता आयोजनाबाट अपुग भएको झण्डै १५ लाख रकम सुदूरपश्चिमाञ्चल एकेडेमी र धनगढी क्रिकेट एकेडेमीले ब्यहोर्ने भएको छ ।
धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिमाञ्चल एकेडेमीको
आयोजनामा भएको प्रतियोगितामा आम्दानी भन्दा झण्डै १५ लाख रुपैयाँ बढी खर्च भएको छ । झण्डै एक करोड ६७ लाख रुपैयाँ प्रायोजक सहप्रयोजक प्रवद्र्धक लगायतवाट आम्दानी भएकोमा एक करोड ८२ लाख रुपैयाँ प्रतियोगिता आयोजना गर्न खर्च भएको छ ।
अपुग भएको रकम आयोजक
धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिमाञ्चल एकेडेमीले व्यहोर्ने सुदूरपश्चिमाञ्चल एकेडेमीका निर्देशक सुवाश शाहीले बताए ।
२०७३ चैत्र २७ गतेबाट २०७४ बैशाख ९ गतेसम्म सञ्चालन भएको डिपिएलले क्रिकेट समृद्ध धनगढी र
सुन्दर सुदूरपश्चिम निर्माण गर्ने
आशा जगाएको र क्रिकेटलाई ऐतिहासिक मोड दिन सफल भएको आयोजकको विश्वास छ ।
प्रतियोगितामा पारस खड्काको कप्तानीमा रहेको धनगढी टिम चौराह विजयी तथा बिराटनगर किंग्स उपविजेता भएको थियो ।
सो अवसरमा सुदूरपश्चिमको क्रिकेट विकासमा योगदान पुराउनु भएका क्रिकेट प्रशिक्षक स्वर्गीय अर्जुन खड्काको परिवारलाई सहयोग हस्तान्तरण गरिएको छ । खड्काको स्मृतिमा आयोजना भएको धनगढी प्रिमियर लिगवाट टिकट मार्फत उठेको रकम र डिपिएलका टीम कप्तानले दिएको रकम हस्तान्तरण गरिएको हो । लिग अवधिभर उठेको रकमको २० प्रतिशत अर्थात् ९३ हजार ५ सय ९१ र सहभागी भएका ६ टोलीका कप्तानले जनही ५ हजारका दरले प्राप्त भएको ३० हजार रकम गरी एक लाख २३ हजार ५ सय ९१ रुपैयाँ स्वर्गीय खड्काकी छोरी कञ्चन खड्कालाई हस्तान्तरण गरिएको थियो ।
त्यस्तै, कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउनका लागि डिूम फाप्ला अभियान सञ्चानल भएपछि ६ लाख बढी रकम निजी क्षेत्रका संस्था र व्यक्तिबाट संकलन भएको जनाइएको छ ।
देशकै सर्वाधिक धनराशीको धनगढी प्रिमियर लिग डिपिएलको आयोजनाबाट पनि डेढ लाख रकम फाप्लालाई सहयोग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार