६ कार्तिक २०८१, मंगलवार

अर्कैले उम्मेदवार बनाएकोमा आपत्ति



धनगढी । नेकपा माओवादी केन्द्रले लम्कीचुहा नगरपालिकाको उपप्रमुखको उम्मेदवार बनाएकोमा उम्मेदवारले नै आपत्ती जनाएकी छन् ।
केन्द्रले कैलालीले लम्कीचुहा नगरपालिकाको उपप्रमुख पदको उम्मेदवारमा लम्की चुहा नगरपालिका(८, गप्काका धना चौधरीको नाम चर्चामा ल्याएको थियो । ‘म २०६४ सालदेखि नेपाली काँग्रेसको सदस्य हुँ । संस्थामा काम गर्ने भएकाले चर्चामा थिएन ।’
माओवादीले उम्मेदवार बनाएकी लम्कीचुहा नगरपालिका(८, गप्काकी धना चौधरीले भनिन्,‘मैले प्रमुखका उम्मेदवार दलबहादुर विष्टलाई फोन गर्दा पनि उनले मलाई नचिनेको भन्दै फोन राखे । पत्रिकामा नाम आएपछि मलाई अर्कै पार्टीले उम्मेदवार बनाएछ भन्ने थाहा पाएँ । कांग्रेसबाट विचलित गराउन माओवादीले खेल खेल्यो ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार