१२ श्रावण २०८१, शनिबार

सार्वजनिक सुनुवाई



धनगढी । सुपरनेट टनेलमा थोपा सिचाईको प्रयोग गरी अर्गानिक गोलभेडा उत्पादन उपआयोजनाको प्रथम सार्वजनिक सुनुवाई सोमबार भएको छ ।
कैलालीको गोदावरी नगरपालिका–५ मा रहेको चाँदनी कृषि फार्मले साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको सहयोगमा सो उपआयोजना सञ्चालन गरिरहेको छ ।
फार्मका सञ्चालक हेमराज जोशीले अर्गानिक तरकारी उत्पादन गर्ने लक्ष्य सहित सो उपआयोजना सञ्चालन गरिएको बताए ।
उपआयोजनामा कुल बजेट ४७ लाख २४ हजार पाँच सय ६० रुपैयाँ रहेको छ । भने अनुदान २१ लाख ८५ हजार चार सय ८० रहेको छ ।
उनले उपआयोजनाबाट गोलभेडा, काउली, बन्दा, खुर्सानी लगायत बेमौसी तरकारी खेतीबाट वार्षिक ९६ मेट्रिक टन उत्पादन गरी ३६ लाखको कारोबार गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार