१२ श्रावण २०८१, शनिबार

अवैध रूपमा रुख काट्ने पाँच जना पक्राउ



धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–८ स्थित एक सामुदायिक बनमा अवैध रूपमा रुख काटीरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
गौरीगंगा नगरपालिका वडा नम्बर ८ स्थित सुनपाल सामुदायिक वनमा रुख काटीरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय मसुरियाको एक टोलीले उनीहरूलाई पक्राउ गरेको जनाइएको छ ।
पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–७ का हरिराम चौधरी, सञ्जिव चौधरी, रामजनम चौधरी, लालबहादुर चौधरी र राजेश चौधरी रहेको कैलाली प्रहरी प्रवक्ता, प्रहरी नायव उपरिक्षक वीरबहादुर बुढामगरले जानकारी दिए ।
उनीहरूबाट तीन थाना आरा र एक बन्चरो बरामद भएको छ अभियुक्तहरूलाई थप कारबाहीको लागि ईलाका वन कार्यालय बडैपुरमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार