१ कार्तिक २०८१, बिहीबार

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका शाही परिवारलाई सहयोग



धनगढी । कामको शिलशिलामा युएईमा दुर्घटनामा परि मृत्यु भएका कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका–२, वसन्तथलाका निराजन शाही (२५) का परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
सुदूरपश्चिम सेवा समाज, युएईले संकलन गरेको एक लाख रुपैयाँ कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालमार्फत समाजका सदस्य सुरत शाह र भरत चन्दले मृतक शाहीका बुबा शंकरबहादुरलाई हस्तान्तरण गरेका थिए ।
युवक शाही एक वर्षदेखि युएईमा वैदेशिक रोजगारीमा काम गर्दै आएको र ४५ दिनअघि सडक दुर्घटनामा मृत्यु भएको उनका बुवा शंकरबहादुरले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार