३१ भाद्र २०८१, सोमबार

ऐश्वर्यका क्याम्पस प्रमुख भट्ट सम्मानित



धनगढी । नेपाल लेखक संघले ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्टलाई सम्मान गरेको छ । शनिबार धनगढीमा आयोजित एक कार्यक्रममा पिपुल च्वाइस अफ काठमाडौंबाट उत्कृष्ट प्रिन्सिपल र शिक्षाविद्का रुपमा सम्मानित भट्टलाई लेखक संघ, कैलालीले सम्मान गरेको छ । कार्यक्रममा सांसद पुष्करनाथ ओझाले क्याम्पस प्रमुख भट्टलाई दोसल्ला ओढाउनुका साथै सम्मानपत्र हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा वेदप्रसाद जोशीद्धारा लिखित ‘छन्द र अलंकार सिद्धान्त’ कृतिको विमोचन पनि गरियो । जोशीको कृतिबारे नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ बासुदेव पाण्डेय र कैलाली बहुमुखी क्याम्पसका उपप्राध्यापक गणेशराज जोशीले समिक्षा गरेका थिए ।
नेपाल लेखक संघका अध्यक्ष गणेश नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा आचार्य ज्योतीप्रकाश जोशी, नेपाल पब्लिक प्राध्यापक संघका केन्द्रीय उपाध्यक्ष जगन्नाथ जोशी, नेपाल शिक्षक संघ कैलालीका निवर्तमान अध्यक्ष एवं सल्लाहकार भूपालसिंह खडका लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा संघकी सदस्य रुपा स्वाँरले स्वागत गरेकी थिइन् । भने कार्यक्रमको संचालन तोयनाथ भट्टले गरेका थिए ।
कार्यक्रममा संगीता जोशी, अवि अजनवी, जगदिश भट्ट, तीर्थराज भट्ट, पदमस्मृति अवस्थी, तेजु पुरुष लगायतले रचनावाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार