१२ श्रावण २०८१, शनिबार

पत्रकार न्यौपानेलाई सहयोग



धनगढी । मोटरसाइकल दृर्घटनामा गम्भीर घाइते भएका नेपाल पत्रकार महासङ्घ, कैलालीका सदस्य देवानन्द न्यौपानेलाई उपचार सहयोग रकम प्रदान गरिएको छ ।
लम्कीका पत्रकार नवराज खनालले उनलाई शुक्रवार पाँच हजार रुपैयाँ उपचार खर्च सहयोग प्रदान गरे ।
पत्रकार खनालले सामुदायिक रेडियो पश्चिम आवाजका प्रबन्ध निर्देशक युवराज न्यौपानेलाई सो रकमको चेक हस्तान्तरण गरेका थिए ।
सामुदायिक रेडियो पश्चिम आवाजका स्टेसन म्यानेजर समेत रहेका पत्रकार न्यौपाने वैशाख १ गते मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका थिए । नयाँ वर्षको समचार सङ्कलनको लागि घोडाघोडी तालतर्फ जाँदै गरेको अवस्थामा पुर्वपश्चिम राजमार्गको मुडा बजारमा उनको मोटरसाइकल दुर्घटना भएको थियो ।
न्यौपानेको धनगढीस्थित कैलाली अस्पतालमा अप्रेशनपछि हाल लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ ।
यसअघि पत्रकार न्यौपानेको उपचारका लागि नेपाल पत्रकार महासङ्घ कैलालीका अध्यक्ष जगत साउँदले पाँच हजार, उपाध्यक्ष टंक कुँवरले दुई हजार, नेपाल पत्रकार महासङ्घ कैलाली शाखाले १० हजार, सामुदायिक रेडियो पश्चिम आवाज सञ्चालक समितिका सदस्यले आठ हजार, रेडियोले १० हजार र नेपाली कङ्ग्रेस कैलाली क्षेत्र नम्बर २ ले १५ हजार रुपैयाँ सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार