६ कार्तिक २०८१, मंगलवार

ठेकराजको ५६ औँ वार्षिकोत्सव



घोडसुवा (कैलाली) । कैलालीको अत्तरिया नगरपालिका—१० घोडसुवास्थीत ठेकराज माध्यमिक विद्यालयको ५६ औँ वार्षिकोत्सव तथा अभिभावक भेला शुक्रवार भएको छ ।
वार्षिकोत्सव तथा अभिभावक भेलाको अवसर पारेर विद्यालयले सास्कृतिक कार्यक्रम, सम्मान तथा विद्यालयका उत्कष्ट विद्यार्थीहरूलाई पुरस्कृति समेत गरेको छ ।
सो अवसरमा विद्यालयमा लामो समयदेखि अध्यापन गराउ“दै आएका शिक्षक तारानाथ जोशीलाई दीर्घ सेवा पदक तथा गत वर्ष एसएलसी परीक्षामा विद्यालयबाट उत्कृष्ट अङ्क ल्याउने रामकृष्ण रानालाई ठेकराज प्रतिभा पुरस्कारबाट सम्मानित गरिएको छ । यस्तै, विद्यालयको भौतिक तथा शैक्षिक विकासमा सहयोग गर्ने व्याक वार्ड एजुकेशन (बेस), शिवशक्ति सामुदायिक वन उपभोक्ता समितिलाई समेत सम्मान गरिएको छ । यस्तै, विजय रानालाई वर्ष उत्कृष्ट शिक्षक, खिमादेबी नाथलाई वर्ष उत्कृष्ट अभिभावबाट सम्मानित गरिएको छ । सम्मानित शिक्षक तारानाथ ओझाले ५० हजार एक सय ५१ रुपैयाँ बराबरको अक्षय कोष समेत खडा गरेका छन् । वि.स. २०३२ सालदेखि विद्यालयमा अध्यापन गराउ“दै आएका शिक्ष्ँक जोशी केहीदिनमा अवकास पाउँदै छन् ।
यस्तै, कक्षामा प्रथम, दृतिय, तृतिय हुने विद्यार्थी तथा विद्यालयले वार्षिकोत्सवको अवसरमा आयोजना गरेको विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई समेत पुरस्कृति गरिएको छ ।
प्रधानाध्यापक रामचन्द्र ओझाले विद्यालयको २०७२÷०७३ को एक करोड १७ लाख ५९ हजार आठ सय ५२ रुपैयाँ ४७ पैसा बराबरको वास्तविक आयव्यय प्रस्तुत गरेका थिए । प्रधानाध्यापक ओझाले शिक्षक जोशीले प्रदान गरेको रकमबाट तारानाथ जोशी प्रतिभा पुरस्कार घोषणा गरिएको बताए ।
कार्यक्रममा ईन्सेक क्षेत्रीय कार्यालय धनगढीका क्षेत्रीय संयोजक खड्कराज जोशी, एन्जीयो फेडरेसनका कैलाली जिल्ला अध्यक्ष हेमकर्ण विक, सिविन नेपालका माधव लोहनी, अभिभावक जीतबहादुर राना, विद्यार्थी ज्योति धानुक, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष पुष्पा भट्ट लगायतले शुभकामना मन्तव्य गरेका थिए ।
श्रीपुर श्रोत केन्द्रका श्रोत व्यक्ति भीमबहादुर बलायरको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रघुनाथ रानाको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन शिक्ष्ँक सुभाष भण्डारीले गरेका थिए भने स्वागत सहायक प्रधानाध्यापक भक्तराज रानाले गरेका थिए ।
विगत ५६ वर्षदेखि अत्तरिया नपा ७,९,१० र धनगढी उपमहानगरपालिका ६,१३ लाई आफ्नो सेवा क्षेत्र बनाएको विद्यालयमा ६४ प्रतिशत विद्यार्थी थारु समुदायका रहेका छन् ।
अभिभाव भेला तथा वार्षिकोत्सवको अवसर पारेर विद्यालयले आगामी वर्ष उच्च मावि सञ्चालन, कक्षा एक मा अङ्ग्रेजी माध्यमबाट पढाई सुचारु गर्ने लगायतका कार्यक्रम अगाडी बढाएको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार