१२ श्रावण २०८१, शनिबार

कैलाली छिट्टै लोडसेडिङ्ग मुक्त हुन्छ : उर्जामन्त्री शर्मा



धनगढी । उर्जामन्त्री जनार्दन शर्माले कैलाली लगयात सुदूरपश्चिमका सबै जिल्ला छिट्टै लोडसेडिङ्ग मुक्त हुने बताएका छन् ।
सुदूरपश्चिममा विद्युतीकरणको अवस्था अनुगमनमा आएका मन्त्री शर्माले प्रेस सेन्टर कैलालीले शुक्रवार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा केही महिनामा कैलाली लगायत यहाँका जिल्लाहरू पनि लोडसेडिङ्गमुक्त गरिने बताएका हुन् । ‘कैलालीमा दैनिक डेढ घण्टा लोडसेडिङ्ग भइरहेको छ । प्राविधिक कारण टीकापुरमा अलि बढी लोडसेडिङ्ग छ ।’ मन्त्री शर्माले भने, ‘यो पनि समाधान गरेर लोडसेडिङ्ग अन्त्य छिट्टै हुन्छ ।’
चमेलिया जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको बताऊ“दै उनले केही दिनमै चमेलियामा उत्पादन सुरु हुने समेत जानकारी दिए । उनले चमेलियामा उत्पादन सुरु हुने बित्तिकै धेरै ठाउँको लोडसेडिङ्ग अन्त्य हुने बताए । मन्त्री शर्मा लगायत ऊर्जा मन्त्रालयको टोलीले शनिवार चमेलिया जलविद्युत आयोजनाको स्थलगत अनुगमन गर्ने छ ।
निर्माणमा ढिलाइ भइरहेको लोयर सेती परियोजना पनि काम अगाडि बढी सकेको जानकारी दिए । उनले निर्माण कम्पनीलाई बोलाएर सबै समस्या समाधान गरेर लिखित सहमति भइसकेको समेत जानकारी दिए । उनले यही आर्थिक वर्षभित्र त्यसको निर्माण कार्य सुरु हुने बताए । त्यसका लागि सात सय केभिको प्रसारण लाइन कैलालीको लम्कीदेखि सरकारले यही आर्थिक वर्षमा बनाउने समेत मन्त्री शर्माले बताए । त्यसको समेत शनिवार स्थलगत अध्ययन गरिने उनले बताए ।
उर्जामन्त्री शर्माले नेपालको प्रसारण लाइन अलगअलग भएकाले देशभरि लोडसेडिङ्ग भइरहेको बताए । उनले राष्ट्रिय प्रसारण लाइन एउटैमा जोड्ने र नयाँ प्रविधि भित्र्याउने काम भइरहेको बताए । उनले प्रविधि जडान र पूर्वाधार निर्माणसंगै मुलुक लोड सेडिङ्गमुक्त हुने बताए ।
मुलुकको सबै भूभाग विद्युतीकरण गर्नका लागि तत्काल १० हजार मेगावाट विद्युत् आवश्यक रहेको बताऊदै मन्त्री शर्माले त्यसको लागि समेत उज्ज्यालो नेपाल कार्यक्रम ल्याई काम गरिरहेको बताए । उनले २०४० सम्म नेपाललाई थप ५१ हजार मेगावाट विद्युत् आवश्यक पर्ने अनुमान गरी काम अगाडि बढाइ रहेको बताए । ‘लगानी, स्रोत र बजारको कमी छैन,’ उर्जामन्त्री शर्माले भने, ‘इच्छा शक्तिको कमी मात्रै हो । हामीले विद्युतीकरण गरेर मुलुकलाई समृद्ध बनाउन योजना पनि ल्याएका छौँ ।’
उर्जामन्त्री शर्माले अपर सेती र लोयर सेती दुवै परियोजनासंगै बनाउन सरकारले काम थालिसकेको बताए । उनले लोयर कर्णाली (चिसापानी–कर्णाली) परियोजनाको लागि छुट्टै कार्यालय स्थापना गरी काम अगाडि बढाउने तयारी भएको बताए । उर्जामन्त्री शर्माले भने, ‘लोयर कर्णाली नेपालीकै लगानीमा बन्न सक्ने महत्वाकांक्षी योजना छ । हरेरक घरधुरको एक/एक लाख लगानी गरेर लोयर कर्णालीको इक्वीटी पुग्छ । बा“की सरकारले लोन लिएर लगानी गर्छ ।’
मन्त्री शर्माले पुनःसंरचनाको विमति टुंग्याएर स्थानीय निर्वाचन गराउन सरकार लागि परेको बताए । उनले सहमतिमा निर्वाचन गर्ने सरकारको चाहना रहेको बताऊदै प्रचारको भ्रममा पर्न नहुनेका बताए । ‘निर्वाचन आयोग र सरकारले स्थानीय निर्वाचनको तयारी अगाडि बढाइ सकेको छ,’ उनले भने, ‘स्थानीय निर्वाचनबाट नयाँ संविधान कार्यान्वय हुन्छ र जनताको अधिकार पनि सुनिश्चित हुन्छ । त्यही भएर हामीले सरकारीस्तरबाट स्थानीय निर्वाचनको तयारीमा जुटिसकेका छौँ । पुनःसंरचना विमति टुंगिने बित्तिकै निर्वाचन घोषणा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार