१३ बैशाख २०८१, बिहीबार

आन्दोलनका कार्यक्रम घोषणा



धनगढी । स्थानीय निकाय ट्रेड युनियन, जिल्ला समन्वय समिति कैलालीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
बुधवार समन्वय समितिले कैलालीका स्थानीय विकास अधिकारी केशवप्रसाद विमली र कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई पाँच बुँदे मागपत्र बुझाउँदै आन्दोलनको कार्यक्रम घोषण गरेको छ ।
समितिले आज (बिहीबार) स्थानीय निकायका माग एवं मुद्दाबारे राजनीतिक दल, स्थानीय निकाय सम्बद्ध संघसंस्था, पेसागत संस्था, आधिकारिक ट्रेड युनियन लगायतका सरोकारवाहरूबीच केन्द्रीय तथा जिल्ला स्तरमा छलफल गर्नुका साथै एक घण्टा स्थानीय निकायमा पेन डाउन गर्ने जनाएको छ ।
त्यस्तै, धर्ना, कलम बन्द लगायतका कार्यक्रमसहित फागुन १ गते सम्पूर्ण स्थानीय तहका सेवाप्रवाह कार्य बन्द गरिने जनाएको छ ।
गाविस कर्मचारी सङ्घका अध्यक्ष मीनबहादुर थापा, नेपाल नगरपालिका कर्मचारी एसोसियसनका टीकापुर ईकाई अध्यक्ष देवनारायण थारू, स्थानीय निकाय कर्मचारी युनियनका अध्यक्ष शिवराज भट्ट र स्थानीय निकाय ट्ेरड युनियन सङ्घका जिल्ला अध्यक्ष योगेन्द्रबहादुर चन्दद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा माग १ गतेसम्म माग पुरा नभए अति आवश्यक सेवा बाहेक स्थानीय निकायका अरू सबै सेवा अनिश्चितकालका लागि बन्द गर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार