७ बैशाख २०८१, शुक्रबार

२१ औँ पटक भल्मन्सा



धनगढी । धनगढी उपमहानगरपालिका–८, धनगढी गाउँमा सरोज चौधरी २१ औँ पटक भलमन्सा चयन भएका छन् ।
गाउँमा भएको भुरा खेलले उनलाई यो वर्ष पनि सर्वसम्मतीबाट भल्मन्सामा चयन गरेको छ । उनका बाजे मन्ठुराम चौधरी २०४१ सालसम्म र बुवा रामचन्द्र चौधरी २०५२ सालसम्म निरन्तर भल्मन्सा भएका थिए । उनी तेस्रो पुस्ताको रूपमा २१ औँ भल्मन्सामा चयन भएका हुन् ।
माघी डेवानी कार्यक्रममा गत वर्षको समीक्षा र यो वर्षको नयाँ रणनीतिबारे छलफल गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार