७ जेष्ठ २०८१, सोमबार

जनपुस्तकालयको वार्षिकोत्सव



धनगढी । कैलाली जनपुुस्तकालयको ६० औँ वार्षिकोत्सव समारोह बिहीबार भएको छ । पुुस्तकालयले वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै समारोह गरेको थियो ।
सो अवसरमा साहित्य, कला तथा समाजिक क्षेत्रमा योगदान गर्ने व्यक्तिहरूलाई पुुरस्कार प्रदान गरियो ।
कार्यक्रममा वरिष्ठ साहित्यकार निर्मलकुमार भण्डारीलाई ११ हजार एक सय ११ रुपैयाँ राशिको ‘दिनानाथ राष्ट्रिय प्रतिभा पुरस्कार’, साहित्यकार यज्ञराज यात्रीलाई पाँच हजार रुपैयाँको कैलाली ‘जनपुस्तकालय पुुरस्कार’ र सस्कृति संरक्षणमा योगदान पुुर्‍याएवापत श्यामसुुन्दर तायललाई पाँच हजार पाँच रुपैयाको ‘भोजराज हरिप्रिया राष्ट्रिय समाजसेवा पुुरस्कार’ प्रदान गरिएको छ ।
त्यसै गरी समाजसेवी शान्तबहादुर कार्की, प्राध्यापक रामचन्द जोशी, साहित्यकार हेमन्त विवश, प्राध्यापक डाक्टर धिरेन्द्र ठाकुर र डाक्टर राजेन्द्र चन्द, प्राचार्य कैलाश दाहाल, प्राध्यापक धर्मदेव भट्ट, वेद अवस्थी, समाजसेवी हरिलाल गिरी, थारु लोक संस्कृतिको संरक्षण र संवद्र्धनमा योगदान पुुर्‍याउने लक्ष्मीनारायण चौधरी, जनपुुस्तकालय अगाडी रहेको भानुुभक्त आचार्यको सालिक निर्माण गर्ने रविन्द्र चन्द, समाजसेवी शान्तिदेवि पन्त, भुुुमिगत जलस्रोत कार्यालयका प्रमुख नरेन्द्र खत्री, पत्रकारहरू डिआर पन्त र दीर्घराज उपाध्यायलाई सम्मान गरिएको छ ।
त्यसै गरी संस्थाको ५० हजार एक रुपैयाँको सदस्यता लिने धनगढी मटियारीका महादेव अवस्थी र कपेल्लेकी एकता समाजका अध्यक्ष हर्षबहादुर शाहीलाई प्रमाणपत्र प्रदान गरियो ।
त्यस्तै, पाठकहरू धनञ्जय जोशी, लक्ष्मीराज पन्त र टंक बजाललाई पनि सम्मान गरियो ।
अन्तर उच्च माध्यमिक विद्यालय स्तरीय १३ वटा विद्यालयको हाजिरीजवाफ प्रतियोगितामा प्रथम हुने नाष्ट उच्च माविलाई तीन हजार, द्वितीय हुने पञ्चोदय उच्च माविलाई दुई हजार, तृतिय हुने स्टेपिङ स्टोनलाई एक हजार र एरिष्टो बोर्डिङ स्कुुललाई सान्त्वाना पुुरस्कार प्रदान गरियो ।
प्रतियोगितालाई प्रायोजन गर्ने ज्ञानकुुञ्ज मल्टिपल एकेडेमीका मोहन थापालाई कदरपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा तारादत्त पाण्डेयद्वारा लिखित ‘तीर्थ वर्णन र परिचय’ कृतिको विमोचन गरिएको थियो । कार्यक्रममा सांसद पुुस्करनाथ ओझा नाष्ट कलेजका प्राचार्य शिवहरि मुुडभरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाका सहसचिव टंकप्रसाद जोशीले संस्थाको प्रगति विवरण प्रस्तुुत गरेका थिए भने प्रवन्ध समितिका उपाध्यक्ष टीएन जोशीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम संस्थाका अध्यक्ष उमाकान्त जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन सचिव एनके जोशीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार