७ जेष्ठ २०८१, सोमबार

सर्वोदय शान्ति पदयात्रा धनगढीमा



धनगढी । नेपाल र भारतकबीच सम्बन्ध सुधार गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय मानव मिलन सोसाइटीले सुरु गरेको सर्वोदय शान्ति पदयात्रा धनगढीमा आइपुगेको छ ।
भारतको राजस्थानस्थित जयपुरबाट सुरु भएको पदयात्रा धनगढी पुगेको सोमबार सोसाईटीका संस्थापक जैन संत डाक्टर मणिभद्र मुनिले बताए । १८ नोभेम्बरमा जयपुरबाट गरिएको पदयात्रालाई २५ डिसेम्बरमा दिल्लीबाट नेपाल–भारतको झन्डा फहराएर सुभारम्भ गरिएको उनले बताए ।
पद यात्रा जयपुरबाट दिल्ली, सोनीपात, मेरठ, मुरादाबाद, पीलीभीत हुँदै नेपालको धनगढीमा प्रवेश गरेको
उनले बताए । आइतबार वन तथा भुसंरक्षण मन्त्री शङ्कर भण्डारीले उनलाई धनगढीको गौरिफण्टा नाकामा पुगी स्वागत
गरेका थिए ।
पदयात्रा ८ अप्रेलमा पोखरा पुगी पोखरा जैन स्थानकको शिलन्यास गरी विसर्जन गरिने उनले बताए । समाजमा अज्ञान, हत्या हिंसा लगायतको विकास हुँदै गएकाले मानवतालाई सहिष्णुता, समन्वय र सहचिन्तनको आधार बनाउन पदयात्राको थालनी गरिएको उनले बताए । नेपालको स्याङ्जा जिल्ला आरुखर्कमा जन्मभई भारतलाई कर्मभुमि बनाएका मुनिले नेपालको यो चौथो यात्रा रहेको बताए ।
उनले आफूले नेपाल–भारतको सम्बन्धलाई बलियो बनाउन र मानव धर्मको संरक्षण गर्न संत्र्सग, प्रर्वचन लगायतका क्रियाकलाप मुनिले पदयात्रामा गरिरहेको जैन सेवा समाज धनगढीका अध्यक्ष सम्पतलाल छाजेडले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार