६ जेष्ठ २०८१, आईतवार

फायाको स्थापना दिवस बालबालिकासंग



धनगढी । फाया नेपाल कैलालीले आफ्नो २३ औ स्थापना दिवस सोमबार उर्माको राष्ट्रिय निम्न माध्यमिक विद्यालयमा बालबालिकासंग मनाएको छ । सो अवसरमा सो विद्यालयका विद्यार्थीहरूलाई विभिन्न खेलकुद कार्यक्रममा सहभागी गराइएको थियो ।
सो अवसरमा चित्रकला, डोरी तान्ने, खुट्टामा बााधिएको वेलुन फुटाउने, मिठाई दौड, हिसाब दौड लगायतका झन्डै एक दर्जन प्रतियोगिता भएका थिए ।
विभिन्न प्रतियोगितामा अधिकांश विद्यार्थी, शिक्षक र अभिभावक सहभागी भएका थिए । सो विद्यालयमा तीन सय विद्यार्थी रहेका छन् ।
सोही अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानाध्यापक अमरसिंह तारामीमगरले फायाको स्थापना दिवसका अवसरमा आयोजना भएको कार्यक्रमले विद्यार्थी, शिक्षक, अभिभावक निक्कै रमाएको चर्चा गरे ।

फायाका अध्यक्ष शेरवहादुर बस्नेतले समाजमा नयाा सन्देश दिनका लागि विद्यालयका बालबालिकासंग स्थापना दिवस मनाइएको बताउँदै हरेक वर्ष यस्तै तरिकाले स्थापना दिवस मनाइने बताए । फायाका कार्यकारी निर्देशक धर्मराज पाठकले संस्थाको उद्धेश्य र गतिविधि बारे प्रकाश पारेको कार्यक्रमको सञ्चालन सचिव लोकराज भट्टले गरेका थिए ।
प्रतियोगिताका विजयी विद्यार्थी र अभिभावकहरुलाई प्रधानाध्यापक तारामीमगर, अध्यक्ष, बस्नेत, कार्यकारी निर्देशक पाठक, पूर्व अध्यक्ष धनपति ढुंगेल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजक प्रकाशविक्रम शाहले कपि, कलम, सावून, कोलगेट लगायतका सामाग्री पुरस्कार दिएका थिए । त्यस्तै, बाल केन्द्रित सिकाई विधि (सिसिएल) कक्षाका लागि विभिन्न सामग्री पनि हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार