७ जेष्ठ २०८१, सोमबार

घोडाघोडी महोत्सव सुरु



सुखड  ।  कैलालीको सुखडमा शुक्रवारदेखि घोडाघोडी महोत्सव—२०७३ सुरु भएको छ । शुक्रवार सुखडमा आयोजित एक भव्य समारोहबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले महोत्सवको उद्घाटन गरे ।
‘कृषि पर्यटन, संस्कृति र व्यापार, समृद्ध घोडाघोडी विकासको आधार’ भन्ने नाराका साथ सुरु भएको महोत्सव–२०७३ मा एक ५० बढी स्टल रहेका छन् ।
महोत्सव उद्घाटन गर्दै मन्त्री लेखकले घोडाघोडी नगरपालिकामा चक्रपथ (रिङरोड) निर्माण गरिने
बताए ।
मन्त्री लेखकले महोत्सवमार्फत स्थानीय कलासंस्कृतिको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
उद्घाटन कार्यक्रममा कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष शंकरबहादुर बोगटी, लम्की उद्योग वाणिज्य सङ्घका अध्यक्ष पदम चौलागाई, साविक रामशिखरझालाका गाविसका पूर्व अध्यक्ष बमबहादुर सिंह लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
घोडाघोडी उद्योग वाणिज्य सङ्घका अध्यक्ष चन्द्रप्रकाश चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा
सङ्घका महासचिव नन्दराम सापकोटाले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन सङ्घका उपाध्यक्ष होम आचार्यले गरेका थिए ।
महोत्सव माघ १६ गतेसम्म
चल्ने जनाइएको छ । महोत्सवको आयोजक घोडाघोडी उद्योग वाणिज्य सङ्घ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार