२२ बैशाख २०८१, शनिबार

पानी रकेट प्रक्षेपण प्रतियोगिता



धनगढी  । धनगढीस्थित एक्सीस विद्याश्रमले अन्तरविद्यालय पानी रकेट प्रक्षेपण प्रतियोगिता आयोजना गरेको छ ।
शुक्रबार भएको सो प्रतियोगितामा सातवटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा एक्सीस विद्याश्रम प्रथम, धनगढी उच्च मावि द्वितीय र अक्सफोर्ड स्कुल तृतीय भएका छन् ।
प्रतियोगिताका विजेता टिमले क्रमश: तीन हजार, दुई हजार र एक हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
विद्यालयका प्रिन्सिपल अनिता पन्तले विद्यार्थीहरूमा रहेको प्रतीभा उजागर गर्न विभिन्न खालका कार्यक्रम आयोजना भइरहेको बताइन् ।
स्कुटीको इन्जिन जोडेर तीनपांग्रे गाडा
एक्सीस विद्याश्रममा पढ्ने एक विद्यार्थीले विग्रीएको स्कुटीको इन्जिन जोडेर तीनपाङ्ग्रे गाडी बनाएका छन् ।
कक्षा १० का १६ वर्षीय तन्नु चौधरीले ३५ हजार रुपैयाँको लागतमा नौ महिनामा सो गाडी निर्माण गरेको बताए ।
चालक सहित तीन जनाको सवारी क्षमता रहेको सो गाडीमा चार वटा गेयर रहेको र गाडीको गति ६० किलोमिटर प्रतिघन्टासम्म रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार