२३ बैशाख २०८१, आईतवार

माघी मिलन तथा सांस्कृतिक कार्यक्रम



बौनिया । कैलालीको कोटातुल्सीपुर गाविसमा मङ्गलवार माघी मिलन तथा सांस्कृतिक कार्यक्रम भएको छ । कोटातुल्सीपुर युवा सञ्जालको आयोजनामा सो कार्यक्रम भएको थियो ।
महोत्सवको पूर्व सांसद कृष्णकमार चौधरीले उदघाटन गरेका थिए । कार्यक्रममा रामबहादुर साउद, देशराज चौधरी, वीरबहादुर सेन्टा चौधरी, लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा सखिया नाच, झुम्रा, मघौटा, मुग्रौहुवा, हुर्दुवा, लट्ठी बैठककी नाच, सजना, मैना धमार, बरकीमार, लग्नी कठ्मघैया, विरहनी, गुरुवा नाचका साथै रानाथारु र कठरीया समुदायका नाच पनि प्रदर्शन गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार