२३ बैशाख २०८१, आईतवार

खाद्य मेला आयोजना हुने



धनगढी । कैलालीको सुखडमा खाद्य मेला—२०७३ आयोजना हुने भएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, कैलालीको आयोजनामा भोलि बिहीबारदेखि सो मेला हुन लागेको जनाइएको छ ।
‘परम्परागत, पोषिला एवं स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौँ, असल पोषणका लागि खाने बानीमा सुधार गरौँ’ भन्ने नाराका साथ कैलालीको सुखडमा मेला आयोजना हुने मङ्गलवार धनगढीमा गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख उपेन्द्र रायले मेला दुई दिनसम्म चल्ने बताए । स्थानीय र अल्पप्रचलनमा रहेका विभिन्न पोषिला खानेकुराको प्रवद्र्धन गरी आमनेपालीको खानेबानीमा सुधार ल्याउन सो प्रदर्शनीको आयोजना गरिएको उनले बताए ।
घोडाघोडी उद्योग वाणिज्य सङ्घले आयोजना गर्ने घोडाघोडी महोत्सवका अवसरमा सो मेला सञ्चालन गरिने उनले बताए ।
खाद्य प्रविधि तथा गुणस्तर विभागले मुलुकका पाच वटै विकास क्षेत्रमा खाद्य मेला सञ्चालन गर्ने कार्यक्रम अन्तर्गत कैलालीमा पनि आयोजना गरिएको उनले बताए ।
मेलामा विभिन्न जातजाति र समुदायमा प्रचलनमा रहेका विभिन्न परिकार पनि समावेश गरिने छन् ।
खाद्य प्रविधि तथा पोषणसम्बन्धी अध्ययन अनुसन्धानबारे सर्वसाधारणलाई जानकारी गराइने उक्त मेलामा विभिन्न जाति जनजातिका पराम्परागत झा“की तथा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमसमेत प्रदर्शनी गरिने उनले बताए ।
त्यस्तै, मेलामा खाद्य प्रशोधनसम्बन्धि उपकरण, रसायन तथा मेशिनरी सामानहरूको स्टल रहने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार