२३ बैशाख २०८१, आईतवार

ममताको उपचारका लागि सहयोग प्रदान



धनगढी । दिवङ्गत पत्रकार कर्ण बोहराका श्रीमती मृर्गौला रोगबाट पीडित ममताको उपचारका लागि संकलित सहयाृग रकम सोमबार हस्तान्तरण गरिएको छ । धनगढीमा सञ्चारकर्मी तथा नागरिक अगुवाहरूको पहलमा सङ्कलन भएको १० लाख ३५ हजार आठ सय ७१ रुपैयाँ ममतालाई हस्तान्तरण गरियो ।
सो अवसरमा सामुदायिक रेडियो प्रसारक सङ्घका प्रदेश अध्यक्ष दीर्घराज उपाध्यायले सो रकमको चेक उनलाई हस्तान्तरण गरेको जनाइएको छ ।
नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका पूर्व अध्यक्ष दिवङ्गत पत्रकार कर्ण बोहराकी पत्नी ममताको उपचारका लागि विभिन्न क्षेत्रबाट सहयोग रकम प्रदान हुँदै आएको छ ।
नेपाल पत्रकार महासङ्घको सुदूरपश्चिम क्षेत्रीय समन्वय समिति, विभिन्न शाखा कार्यसमिति, विदेशमा रहेका शाखा तथा विभिन्न संघसंस्था तथा व्यक्तिबाट उनको उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।
पत्रकार बोहराका बिरामी श्रीमतीको उपचारका लागि कुरुवा बसेकै वेला दुई महिना अघि निधन भएको थियो ।
श्रीमती ममताको हाल काठमाडौँमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार