७ जेष्ठ २०८१, सोमबार

भित्तेपत्रिका तालिम शुरु



भजनी । कैलालीको भजनी त्रिशक्ति नगरपालिका ३ पगियापसारमा बालभित्ते पत्रिका तालिम आइतबारदेखि सुरु भएको छ ।
ब्यूटीफुल स्टोरको सहयोगमा फाया नेपालले तालिमको आयोजना गरेको हो । पाच दिनसम्म चल्ने सो तालिममा महेन्द्र माध्यमिक विद्यालयका ३० जना विद्यार्थीहरूको सहभागिता रहेको छ ।
तालिमको एक कार्यक्रमकाबीच ब्यूटीफुल स्टोरकी हाना किमले उद्घाटन गरेकी थिइन् । पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष नृप बुढाको अध्यक्षतामा भएको तालिमको उद्घाटन सत्रमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रतन रेग्मी, फाया नेपालका अध्यक्ष शेरबहादुर बस्नेत लगायतले तालिमको सफलताको काममा गरेका थिए ।
तालिमको सहजीकरण नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य प्रकाशबिक्रम शाह र हिमालय टाइम्स नेपाली दैनिकका कैलाली समाचारदाता भीम चौधरीले गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार