७ जेष्ठ २०८१, सोमबार

ट्याक्टरको शोरुम उद्घाटन



ट्याक्टरको शोरुम उद्घाटन

धनगढी । कैलालीको धनगढीमा इटालियन व्राण्डका सामे ट्याक्टरको सो रुम तथा सर्भिस सेन्टर सञ्चालनमा आएको छ ।
शनिवार आयोजित एक कार्यक्रममा कृषिमन्त्री गौरिशंकर चौधरीले सामे ट्याक्टरको सुदुरपश्चिमका लागि आधिकारिक आयातकर्ता दिनेश ट्याक्टर्सको नवनिर्मित शोरुम तथा सर्भिस सेन्टरको उद्घाटन गरेका थिए ।
सो अवसरमा सामे डेउट्ज फर ईण्डियाका उपमहाप्रबन्धक मिलन्द देशमुख, दिनेश गु्रपका कार्यकारी निर्देशक श्याम हमाल, कानुनी सल्लाहकार वीरबहादुर जेठारा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यकारी निर्देशक हमालले हाल शोरुमका ३५ हर्सपावरदेखि ६० हर्सपावरसम्मका ट्याक्टर उपलब्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार