७ जेष्ठ २०८१, सोमबार

गाडीको ठक्करबाट बालकको मृत्यु



बौनिया । कैलालीको कोटातुल्सीपुर गाविस वडा नम्बर १ मुडाबजार चौक नजिक स्कारपियो जीपको ठक्करबाट एक सात वर्षीय बालकको मृत्य भएको छ ।
आइतबार दिउसो करिब अढाई बजेतिर पश्चिमतर्फ जादै गरेको बा १२ च ९७६३ नम्बरकोे स्कारपियो जीपको ठक्करबाट लम्कीचुहा नगरपालिका—४ चौरीका कमल चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कमल मामाको घर आएका थिए ।
ठक्कर दिने जीप र चालकलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार