७ जेष्ठ २०८१, सोमबार

एम्बुलेन्स खरिदका लागि रकम सङ्कलन अभियान



धनगढी ।  वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका कैलालीको घोडाघोडी नगरपालिकाका युवाहरूले एम्बुलेन्स खरिदका लागि रकम सङ्कलन अभियान चलाएका छन् ।
वैदेशिक रोजगारमा रहेका युवाहरूले सामाजिक सञ्जालमार्फत कैलाली आप्रवासी मञ्च नामक संस्था गठन गरेर सो अभियान सञ्चालन गरेका छन् ।
अभियान सञ्चालनका लागि विभिन्न मुलुकमा काम गरिरहेका व्यक्ति संयोजक तोकिएको स्थानीय गोविन्द भण्डारीले बताए ।
भण्डारीका अनुसार कूवेतमा कमलप्रसाद अधिकारी र दुबईमा तीर्थबहादुर विष्ट संयोजक रहेका छन् । हालसम्म एक लाख रुपैयाँ सङ्कलन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार