१२ श्रावण २०८१, शनिबार

चौमालामा जेष्ठ  नागरिकलाई न्यानो कपडा



चौमाला  ।  विपद् उत्थानशीलतामा जेष्ठ नागरिकको सहभागिता परियोजना अन्तर्गत आइतबार कैलालीको चौमाला गाउँ विकास समितिमा जेष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरिएको छ ।
सो अवसरमा विपन्न, असहाय, अशक्त तथा एकल तथा अपाङ्गता भएका ९० जेष्ठ नागरिकहरूलाई कम्बल, उनी टोपी, हातेपञ्जा र मोजा वितरण गरिएको थियो ।
म्याक फाउन्डेसनको र्आिर्थक सहयोगमा फाया नेपाल र हेल्प  एज इन्टरनेशनलको साझेदारीमा कैलाली तथा बर्दियामा विपद् उत्थानशिलतामा ज्येष्ठ नागरिकको सहभागिता परियोजना सञ्चालनमा छ । फाया नेपालका अध्यक्ष शेरबहादुर बस्नेतका अनुसार शनिबारदेखि जेष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण शुरु भएको छ । शनिबार कैलालीको फूलवारी गाउँमा ९० जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार