११ श्रावण २०८१, शुक्रबार

ऐश्वर्यको ४० औँ वार्षिकोत्सव



धनगढी  ।  सुदूरपश्चिमकै अग्रणी शैक्षिक संस्थाका रूपमा स्थापित धनगढीस्थित ऐश्वर्य विद्या निकेतन उच्च माध्यमिक विद्यालयको ४० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रवार विविध कार्यक्रमबिच समापन भएको छ ।
समापनका अवसरमा आयोजित कार्यक्रमको सांसद पुष्करनाथ
ओझाले उद्घाटन गरेका थिए । समापन कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नृपबहादुर वडको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा सांसद ओझाले ऐश्वर्य विद्या निकेतन सुदूरपश्चिमको शैक्षिक धरोहरका रूपमा स्थापित भइसकेको चर्चा गर्दै अझ बढी गुणस्तरीय शिक्षाका लागि प्रयास गर्न आग्रह गरे ।
कार्यक्रममा शिक्षाविद प्राध्यापक डाक्टर. हेमराज पन्त, नाष्ट क्याम्पस प्रमुख शिवहरि शर्मा मुडभरी, पूर्व क्षेत्रीय शिक्षा निर्देशक नन्दराज पन्त, नवजीवन बैङ्कका प्रमुख कार्यकारी मोहनराज भट्ट, महाप्रबन्धक चेतराज पनेरू, अभिभावक निर्मल सुवेदी,छात्रछात्राहरू मोहित जोशी, सुवास तामाङ, सौम्या पाठकलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
वार्षिकोत्सव कार्यक्रममा क्याम्पस प्रमुख धर्मदेव भट्टले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यस्तै, विद्यालयका लेखा अधिकृत भरथरी चौधरीले आर्थिक वर्ष २०७२/०७३ को सात करोड ५९ लाख ४७ हजार रुपैयाँको यथार्थ आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रमको शिक्षकद्वय कमलराज जोशी र नरेन्द्रराज भट्टले सञ्चालन गरेका थिए ।
सो अवसरमा विभिन्न खेलकुद, हाजिरीजवाफ, निबन्धलगायत प्रतियोगिता विजयीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।

 

प्राचार्य भट्टसँगको कुराकानी

एक्सिलेन्ट अवार्डबाट सम्मानित प्राचार्य भट्ट भन्छन्– सम्मानसंगै दायित्व

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार