११ श्रावण २०८१, शुक्रबार

ममताको उपचारमा थप सहयोग




धनगढी ।  सिएमए तथा आर्युवेद तालिम केन्द्र हसनपुर अध्यक्ष र क्याम्पस प्रमुखले ममता बोहराको उपचारमा सहयोग गरेका छन् ।
तालिम केन्द्रका अध्यक्ष चक्रबहादुर सिंह र क्याम्पस प्रमुख नरेश विष्टले ममताको उपचारका लागि पाँच हजार रुपैयाँ सहयोग गरेका हुन् । बिहीबार एक संक्षिप्त कार्यक्रमबीच प्रमुख विष्टले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजक प्रकाशबिक्रम शाहलाई सो रकम हस्तान्तरण गरे ।
सो अवसरमा क्याम्पसका कर्मचारीहरू र नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षदहरू हिक्मत रावल र मोहन बुढाऐरको उपस्थिति रहेको थियो ।
नेपाल पत्रकार महासंघ कञ्चनपुरका पूर्व अध्यक्ष पत्रकार स्वर्गीय कर्ण बोहराका श्रीमती ममता लामो समयदेखि दुवै मृगौला खराब भएका कारण डायलोसिस गराइरहेकी छिन् ।
श्रीमतीको उपचारका क्रममा गत मंसिर १० गते पत्रकार बोहराको काठमाडौंमा असामयिक निधन भएको थियो ।
श्रीमती ममताको उपचारमा सहयोग पु¥याउन पत्रकार महासंघको सुदूरपश्चिम क्षेत्रीय समितिले आव्हान गरेपछि हालसम्म विभिन्न व्यक्ति तथा संघ÷संस्थाबाट गरी करिब चार लाख रुपैयाँ संकलन भइसकेको छ ।
महासंघको आव्हानमा साथ दिँदै महासंघका सुदूरपश्चिमका विभिन्न जिल्ला शाखा, व्यक्ति तथा संघसंस्था तथा विदेशमा रहेका नेपालीहरूले सहयोग प्रदान गर्ने क्रम जारी छ ।

सम्बन्धित थप समाचार

स्कूले बालबालिकाले दिए खाजा खर्चको रकम

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार