बाल भित्ते पत्रिका तालिम



धनगढी । धनगढी उपमहानगरपालिका–७, मनेहरामा रहेको सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि भित्तेपत्रिका तालिम भएको छ । तालिम पाँच दिनसम्म सञ्चालन भएको थियो ।
तालिममा विद्यालयका २६ जना विद्यार्थीको सहभागिता रहेको थियो ।
मंगलबार तालिम समापनका क्रममा विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्रबहादुर शाहले विद्यार्थीको अतिरिक्त क्षमता वृद्धिका लागि यस्ता तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा फाया नेपालका कार्यसमिति सदस्य वीरेन्द्र चौधरीले विद्यार्थीहरूको क्षमता तथा दक्षता वृद्धिका लागि आगामी दिनमा पनि कार्यक्रम सञ्चालन गरिने बताए । व्यूटिफूल स्टोर कोरियाको सहयोगमा फाया नेपालद्वारा तालिम सञ्चालन गरिएको उनले बताए ।
तालिममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजक प्रकाशविक्रम शाह, पत्रकार भीम चौधरी, फायाका अध्यक्ष शेरबहादुर बस्नेत, पूर्व अध्यक्ष धनपति ढुंगेल र पत्रकार महासंघ कैलालीका सचिव एकिन्द्र तिमिल्सेनाले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्