१२ श्रावण २०८१, शनिबार

ममताको उपचारका लागि थप सहयोग



धनगढी  ।  नेपाल पत्रकार महासंघ कैलालीका सदस्य नवराज खनालले ममता बोहराको उपचारका लागि सहयोग प्रदान गरेका छन् ।
पत्रकार खनालले ममताको उपचारका लागि प्रदान गरेको ११ हजार एक सय ११ रुपैयाँको चेक मंगलबार एक संक्षिप्त कार्यक्रमबिच महासंघका केन्ऽीय सदस्य तथा सुदूरपश्चिम संयोजक प्रकाशविक्रम शाहलाई हस्तान्तरण गरे ।
दिवंगत पत्रकार कर्ण बोहराका श्रीमती ममता लामो समयदेखि मृर्गौला रोगबाट पीडित छिन् । उनको हाल काठमाडौंमा उपचार भइरहेको छ ।
महासंघका केन्द्रीय सदस्य एवं क्षेत्रीय संयोजक शाहले ममताको उपचारका लागि सामाजिक सञ्जालमार्फत गरिएको आह्वानपछि हालसम्म तीन लाख ८० हजार बढी रुपैयाँ संकलन भइसकेको बताए ।
उनको उपचारमा सहयोग पुर्‍याउन पत्रकार महासंघका कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बाजुरा, बझाङ र दार्चुला शाखाले पनि आर्थिक संकलन जारी राखेको जनाइएको छ । त्यस्तै, विभिन्न व्यक्ति तथा संस्थाले स्वतः:स्फूर्त आर्थिक सहयोग प्रदान गरिरहेका छन् । त्यस्तै, विदेशमा रहेका महासंघका शाखाहरू, र व्यक्तिहरूले समेत आर्थिक सयोग संकलन गरेर पठाएका छन् ।
श्रीमतीको उपचारमा रहेका महासंघ कञ्चनपुरका पूर्वअध्यक्ष पत्रकार बोहराको मंसिर १० गते आकस्मिक निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार