१२ श्रावण २०८१, शनिबार

थरुहट/थारूवान संयुक्त संघर्ष समितिले गर्‍यो आन्दोलनको घोषणा



धनगढी  ।  थरुहट/थारूवान संयुक्त  संघर्ष समितिले आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ । समितिले सोमबार धनगढीमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको हो ।
थरुहट/थारूवान संयुक्त संघर्ष समितिले थारूहरूको हक अधिकारको लागि आन्दोलन गरिरहादा विगतका सरकारहरूले थारूहरूसाग गरेको सहमती र सम्झौता अनुरूप थारूहरूको सम्मान गर्ने कुरा उल्लेख भएपनि त्यसको सम्बोधन हुन नसेको भन्दै ध्यानाकर्षण जनाएको छ ।
संघर्ष समितिले पहिलो चरणको आन्दोलन गर्दा सरकारले आफ्नो मागप्रति कुनै सुनुवाई नगरेको भन्दै दोस्रो चरणका आन्दोलन घोषणा गर्न बाध्य हुनुपरेको कैलाली कञ्चनपुर थरुहट/थारूवान संयुक्त संघर्ष समितिका संयोजक प्रभात चौधरीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
कैलाली कञ्चनपुर थरुहट/थारूवान संयुक्त संघर्ष समितिका संयोजक प्रभात चौधरी, थरुहट/थारूवान संयुक्त संघर्ष समिति कैलालीका संयोजक कृष्णकुमार चौधरी, थरुहट/थारूवान संयुक्त संघर्ष समिति कञ्चनपुरका संयोजक पुष्कल चौधरी र राना थारू संयुक्त संघर्ष समिति कैलालीका सदस्य गोविन्द रानाले संयुक्त विज्ञप्ति जारी गरी आन्दोलनका कार्यक्रमहरू घोषणा गरिएको हो ।
पौष २७ गतेसम्म कैलाली कञ्चनपुरको सबै  क्षेत्रमा भेला गर्ने, माघ महिना
भरी सांस्कृतिक कार्यक्रम मार्फत जनजागरण अभियान सञ्चालन गर्ने, आन्दोलनको पक्षमा भित्ते लेखन, माघ १५ गते कैलाली कञ्चनपुरको संयुक्त रूपमा धनगढीमा आमसभा गर्ने, प्रत्येक क्षेत्रमा माघ १८ गते विरोध प्रदर्शन गर्ने, माघ १९ गते कैलाली कञ्चनपुरका प्रत्येक क्षेत्रमा मसाल जुलुस गर्ने, माघ २० र २१ गते
कैलाली कञ्चनपुर आमहड्तालको घोषणा गर्ने जस्ता आन्दोलनका कार्यक्रमहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार