११ श्रावण २०८१, शुक्रबार

सुर्मा साइपालको साधारण सभा



धनगढी  ।  सुर्मा साइपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा शनिवार धनगढीमा भएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष बलबहादुर रोकायाले आर्थिक वर्ष २०७३/०७४ को मंसिर मसान्त सम्ममा १ करोड ५० लाख ८५ हजार ९ सय ऋण लगानी र १ करोड २४ लाख ८९ हजार ९ सय १० रुपैयाँ ऋण असुली भएको जानकारी दिए ।
कार्यक्रमका प्रमुख अथिति तथा नेपाल राष्ट्र बैकका उपनिर्देशक दीर्घबहादुर रावलले सुदूरपश्चिममा ४६ प्रतिशत जनताहरू गरिब भएको हँुदा सबैले आफ्नो पेशामा आ–आफ्नो क्षेत्रमा मेहेनत गर्न आवश्यक रहेको बताए । साथै उनले सहकारी क्षेत्रमा शेयर सदस्यहरूले व्यक्तिगत स्थार्थ नभई संस्था र यस क्षेत्रकै भलो हुने कार्य गरे विकास सम्भव हुने जानकारी दिए ।
कार्यक्रममा संस्थाका शेयर सदस्यहरूका छोराछोरीहरूले पवेशिका परीक्षामा उत्कृष्ट अंक ल्याएवाफत ओम मिश्र (३.७० जिपीए) र दीक्षा बम (३.१५ जिपिए)लाई सम्मान गरिएको थियो । सम्मान बाफत जनही नगद रुपैयाँ तीन हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा स्वर्गीय पत्रकार कर्ण बोहराकी धर्मपत्नी ममता बोहराको उपचारका लागि नगद रु १५ हजार प्रदान गरेको छ भने कार्यक्रममा उपस्थित २२ जनाले २६ हजार बराबरको रकम सहयोग गरेको ऋण उपसमिति सदस्य हृदय पुजाराले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार