११ श्रावण २०८१, शुक्रबार

कृषि उपज केन्द्रलाई सामग्री वितरण



जोशीपुर  ।  कैलालीको जोशीपुरमा कृषि उपज संकलन केन्द्रलाई आवश्यक सामग्री वितरण गरिएको छ । शुक्रबार एक कार्यक्रमबीच केन्द्रलाई तरकारी संकलनमा आवश्यक पर्ने सामग्री वितरण गरियो ।
एक्ट एलाइन्स, डिसिए र जनचेतना तथा युवा जागरण मञ्च (फाया नेपाल) को साझेदारीमा सञ्चालित अधिकारमुी विपद् जोखिम व्यवस्थापन परियोजना अन्तर्गत जोशीपुरस्थित संकलन केन्द्रलाई फाया नेपालका अध्यक्ष शेरबहादुर बस्नेत र जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत लोकराज उपाध्यायले ती सामग्री हस्तान्तरण गरे ।
संकलन केन्द्रलाई एक डिजिटल तराजु, ४० वटा क्यारेट, दुई वटा त्रिपाल, एक मूल्य सूचना पाटी, एक दराज, १० कुर्ची र एक टेवुल प्रदान गरिएको थियो ।
सो अवसरमा संकलन केन्द्रका अध्यक्ष रामकुमार चौधरीले सामग्री प्रदान गरेकोमा संस्थालाई धन्यवाद व्यक्त गरे ।
फाया नेपालका अध्यक्ष बस्नेत र जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत उपाध्यायले षकहरूलाई व्यावसायिक खेतीतर्फ उन्मुख हुन आग्रह गरे । कार्यक्रममा संकलन केन्द्रका सदस्य, कृषक समूह, सरकारी कार्यालयका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार