११ श्रावण २०८१, शुक्रबार

छाउपडी प्रथा उन्मुलनबारे अन्तक्र्रिया



धनगढी  ।  धनगढीमा शुक्रबार छाउपडी प्रथा उन्मुलनका लागि सञ्चारकर्मीको भूमिकाबारे अन्तक्र्रिया भएको छ ।
महिला सवलीकरण तथा परोपकार समाज धनगढीको आयोजनामा भएको कार्यक्रममा छाउपडी प्रथा उन्मुलन निर्देशिका, २०६४ बारे छलफल भएको थियो । कार्यक्रममा सहभागीहरूले छाउपडी प्रथाको कारण, यसको प्रभाव तथा समाधानका उपायका विषयमा धारणा व्यक्त गरेका थिए ।
रेस्टलेस डेभलपमेन्ट नामक संस्थाको सहयोगमा भएको कार्यक्रम समाजका अध्यक्ष सीता शाहीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा सुदूरपश्चिम हातेमालो समाजका रेश्मी शाही, लक्ष्मी भण्डारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार