११ श्रावण २०८१, शुक्रबार

हिमशिखर नवौं वर्षमा प्रवेश



 धनगढी  ।  हिमशिखर बहुद्देश्यीय सहकारी संस्था शुक्रबारदेखि नवौं वर्षमा प्रवेश गरेको छ । नवौं वर्ष प्रवेशको अवसरमा शुक्रबार धनगढीमा संस्थाको आठौं साधारण सभा भएको छ ।
संस्थाका प्रबन्धक महेन्द्र शाहीका अनुसार आठ वर्षअघि २५ जना शेयर सदस्य र पाँच लाख रुपैयाँको चुक्ता शेयर पुँजीबाट २०६५ पुस १५ गतेबाट संचालनमा आएको हिमशिखर सहकारीमा अहिले एक हजार तीन सय ६३ जना शेयर सदस्य पुगेका छन् ।
हाल संस्थाको चुक्ता शेयर पुँजी एक करोड १२ लाख ८ हजार रुपैयाँ पुगेको छ भने आठ करोड ७५ लाख दुई हजार रुपैयाँ ऋण लगानी रहेको छ ।
साधारण सभाको एक समारोहबीच सुदूरपश्चिमाञ्चल क्याम्पसका अध्यक्ष योगेन्द्र शाहीले उद्घाटन गरे ।
कार्यक्रममा गैसस महासंघ, कैलालीका अध्यक्ष हेमकर्ण विक, सहकारी डिभिजन कार्यालयका रामबहादुर महरा, कैलाली निर्माण व्यावसायी संघका महासचिव टेकबहादुर मल्ल, राष्ट्रिय सहकारी बैंकका किरण खत्री, टंक विष्ट लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए
सभामा संस्थाका कर्मचारी अनिता चौधरी, कार्यालय सहयोगी लालबहादुर बोहरा, बचतकर्ता भैलुराम राना, असल ऋणी वासुदेव भट्ट, संस्थाका संस्थापक उपाध्यक्ष मुकुन्द भट्ट र लेखासमिति संयोजक तीर्थराज ओझालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार