७ बैशाख २०८१, शुक्रबार

सहायक वनअधिकृतमाथि कालोमोसो



धनगढी  ।  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) कैलालीले अत्तरिया सहायक वन अधिकृत कृष्णबहादुर बोहोरालाई कालोमोसो दलेको छ ।
भ्रष्टाचारमा संलग्न रहेको भन्दै विप्लव माओवादी कैलालीले ईलाका वन कार्यलय अत्तरियाका सहायक वन अधिकृत बोहरालाई कालोमोसो लगाएको बताईएको हो ।
पटक पटक सुध्रिन चेतावनी दिँदा पनि नसुध्रिएपछि चेतावनी स्वरूप कालोमोसो दलिएको माओवादीले जनाएको छ । बोहराले सरकारी जग्गा अतिक्रमण गर्नेहरूसंग साँठगाठ गरि पैसा असुल्ने गरेको, प्रतिभा सामुदायिक पुस्तकालयबाट रकम लिई पछि फिर्ता नगरेको, अवैधानिक तवरबाट काठ संकलन गरि घरमा लुकाएर राखेको भन्ने आरोप विप्लव माओवादीले विज्ञप्ती जारी गरि जानकारी दिएको छ ।
साथै, वन विभागमा आर्थिक चलखेल गरि सरूवा भएको ठाउमा नगएको र विभिन्न सामुदायिक वनबाट काठ र पैसा असुल्ने गरेको आरोप विप्लव माओवादीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
भ्रष्टाचारीलाई कारवाही गर्ने आफ्नो पार्टीको निति अनुसार सोमबार सहायक वन अधिकृत बोहोरालाई कालोमोसो दलिएको र अझ ठुलो कारवाही गर्ने समेत विप्लव माओवादीले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार