११ बैशाख २०८१, मंगलवार

पोखरेलद्वारा अध्यक्षमा उम्मेदारी घोषणा



धनगढी ।  नेपाल निजामती कर्मचारी युनियन (संघ) को सातौ महाधिवेशनको चहलपहल शुरु हुन थालेको छ । यूनियनका पूर्व पूर्व वरिष्ठ उपाध्यक्ष गोपाल पोखरेलले आफ्नो प्रचार प्रसार थालेपछि महाधिवेशनको चर्चा शुरु हुन थालेको हो ।

सातौं महाधिवेशनमा अध्यक्षका उम्मेदवार पोखरेलले धनगढी र महेन्द्रनगरमा भेटघाट गरेर आफ्नो उम्मेदवारीमा सहयोग गर्न अनुरोध गरेका छन । कैलाली कञ्चनपुरमा मेरो माहौल राम्रो भएको छ उनले भने मेरो सर्मथनमा साथीहरु खुलेर लागेपछि निक्कै उत्साही भएको छु ।
आइतवार धनगढीमा भएको युनियनको अन्तक्र्रिया तथा भेटघाट कार्यक्रममा पोखरेलले अब हुने सातौं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्ने बताए । उनले आफूलाई अध्यक्षको उम्मेदवार घोषणा गर्दै नेपाल निजामती कर्मचारी युनियन प्रजातान्त्रिक संगठन भएकोले यसलाई संस्थागत बनाउनुपर्ने बताए ।
‘म दृढ विश्वास, जोशजाँगर र इमान्दारी पूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्न कतिवद्ध छु

गोपाल पोखरेल

, उनले भने, ‘संगठनलाई क्षेत्र, वर्ग, जातीयरूपमा समन्वय गरेर बलियो बनाउनु पर्छ ।’
धनगढीको कार्यक्रममा युनियनका केन्द्रीय सदस्य उत्तम कटुवाल, सुरेन्द्र अधिकारी, नारायणप्रसाद सत्याल, प्रेम बोगटीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम जिल्ला अध्यक्ष लोचनराज रेग्मीको अध्यक्षतामा भएको थियो ।  युनियनको महाधिवेशन आगामी फागुनको तेस्रो साता हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार