१ कार्तिक २०८१, बिहीबार

बस दुर्घटनामा तीन जनाको मृत्यु



धनगढी । काठमाडौंबाट धनगढी आउने क्रममा इच्छाकामना गाउँपालिका–३, चुम्लिङ्टारस्थित पृथ्वी राजमार्गमा आज बिहान ना ६ ख २४६८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
बसमा सवार २७ जनामध्ये सकुशल २० जनालाई अन्य बसमा चढाएर गन्तव्यतर्फ पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार घाइतेमध्ये केन्द्रीय कार्यदल काठमाडौँमा कार्यरत प्रहरी जवान राजकुमार थारु, निजकी तीन महिनाकी छोरी र कैलालीका चालक ४० वर्षीय दिनेश रानामगरको मृत्यु भएको छ ।
उपचारका लागि गजुरी अस्पताल लैजाँदै गर्दा कैलाली घर भएका ३२ वर्षीय थारु र निजकी छोरीको बाटोमानै मृत्यु भएको र चालक रानामगरको गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको प्रहरी उपरीक्षक थापाले बताए ।
तनहुँको आँबुखैरेनीस्थित छिम्केस्वरी अस्पतालमा पठाएका पाँचजना घाइतेलाई थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको थियो । तीमध्ये मृतक थारुकी श्रीमती गम्भीर घाइते रहेको थापाले बताउनुभयो ।
अन्य तीनजनाको अवस्था भने सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार