७ कार्तिक २०८१, बुधबार

सार्वजनिक स्थलमा हात धुने व्यवस्था



डडेल्धुरा । डडेल्धुराको एक गैरसरकारी संस्थाले सार्वजनिक स्थलमा हात धुने व्यवस्था गर्न लागेको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन यहा“का १३ सार्वजनिक स्थानमा हात धुने अड्डा बनाउन लागिएको ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) डडेल्धुरा जनाएको छ ।
अहिले कार्यालयलगायत संघसंस्था आफै“ले पनि कार्यालय बाहिर हात अनिवार्य धुने व्यवस्था गरेका छन्् । सार्वजनिकस्थल र केही सरकारी कार्यालय बाहिर भने रुडुकले हात धुने अड्डा बनाउन लागेको हो ।
खुट्टाले च्याप्दा पानी आउने अड्डा बनाउन लागिएको रुडुकले जनायो । जिल्ला प्रशासन, नापी र मालपोत कार्यालय, डडेल्धुरा बसपार्क, डडेल्धुरा अस्पताल, उग्रतारा मन्दिर, महेन्द्र माविमा पा“च सय लिटरको ट्यांकी राखिने छ । यस्तै गन्याधुरा गाउ“पालिका र परशुराम नगरपालिकाका दुईदुई स्थान र नवदुर्गा गाउ“पालिकाको एक स्थानमा हात धुने अड्डा बनाइने छ ।
बसपार्क, नापी र मालपोत कार्यालयलगायत स्थानमा भने हात धुने अड्डा बनाई सञ्चालनमा आएको छ । रुडुकद्वारा सञ्चालित स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजना कार्यक्रमअन्तर्गत हात धुने अड्डा बनाइएको कार्यक्रम संयोजक अनुप सिंहले बताए । यसै कार्यक्रमअन्तर्गत रुडुकले एक हजार घरधुरीमा बाल्टिन र साबुन पनि वितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार