७ कार्तिक २०८१, बुधबार

सम्झना बलात्कार तथा हत्या घटना : दोषिमाथि कारबाहीको माग



धनगढी । दलित मुक्ति संगठनले बझाङको मष्टा गाउंपालिका वडा नम्बर २ का १२ वर्षीया सम्झना विकको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कानूनी कारबाहीको माग गरेको छ ।
मुक्ति संगठनले ‘घटनाको छ दिन भइसक्दा पनि घटनामा संलग्न दोषिको पत्ता नलागेको भन्दै छिटोभन्दा छिटो दोषीमाथि पक्राउ गरी कारबाहीको दायरामा ल्याउन’ माग गरेको छ ।
मष्टा गाउ“पालिका वडा नम्बर २ खिकालाकी १२ वर्षीया सम्झनाको बलात्कारपछि निर्मम हत्या भएको थियो । गत बुधबार खिकालाबाट पशुचौपाया बा“ध्न सांझ ५ बजेतिर गएकी सम्झना अबेररातीसम्म पनि घर नफर्केपछि खोजी गर्दै जा“दा स्थानीयले शिवमन्दिरभित्र उनको क्षतविक्षत शव फेला पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार