डिलासैनी सामुदायिक बनको नयाँ कार्यसमिति
धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बोराडा“डीमा रहेको डिलाशैनी शिवमन्दिर सामुदायिक वन उपभोक्ता समितिको शनिबार नयाँ कार्यसमिति चयन भएको छ ।
सामुदायिक बन समुहको शनिबार भएको १७ औं साधारण सभाले दानबहादुर बिष्टलाई पुनः अध्यक्षमा चयन गरेको छ ।
सर्वसम्मत रुपमा गठन भएको कार्यसमितिको उपाध्यक्षमा हेमा पन्त, सचिवमा कमला राना, कोषाध्यक्षमा भोजराम राना र सहसचिवमा योगेन्द्रबहादुर शाही चयन भएका छन् ।
त्यस्तै, सदस्यमा मकला राना, रंगी राना, हेमराज अवस्थी, फूलदेवी धामी, सन्ध्या भट्ट, टिकाराम अवस्थी, रामबडी राना र सिद्धराज टमटा चयन भएका छन् ।