२१ मंसिर २०८२, आईतवार

बेइजिङ प्लस २५ को समिक्षा



धनगढी । बेइजिङ प्लस २५ को समिक्षा, नागरिक समाजका तर्फबाट प्रदेशस्तरीय पुनरावलोकन, प्रमाणिकरण तथा महिलावादी आधारपत्र परामर्श कार्यक्रम धनगढीमा बुधबार समापन भएको छ ।
युएन वुमन नेपालको सहयोग, थट वर्कसप लिडरको सहकार्य तथा बियोण्ड बेइजिङ कमिटी (विबिसी) को आयोजनामा भएको कार्यक्रम समापनका अवसरमा धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले ‘परिवार, समाज तथा वस्ती हरेक ठाउ“मा घरेलु हिंसा रहेकोे’ चर्चा गरिन् ।
उपप्रमुख भट्टले भनिन्– बोक्सीको आरोपमा महिलामाथि कुटपिट र दुव्र्यवहार, छाउपडी प्रथा, जातीय छुवाछुत, बालविवाह लगायतका सामाजिक विकृति हटाउन प्रत्येकको सोचमा परिवर्तन अनिवार्य छ ।
कार्यक्रममा अधिकारकर्मी भारती सिलवालले नेपालमा महिलावादी नेतृत्व र महिला आन्दोलनसम्बन्धी नीतिपत्र प्रस्तुत गर्दै महिला तथा बालबालिकामा भइरहेका हिंसा रोक्न न्यायमा पहु“च, अधिकारको सुनिश्चितता र सचेतिकरण गराउन आवश्यक रहेको बताइन् । उनले महिलाबादी घोषणापत्रको परिचय, नेपालमा महिला आन्दोलनको इतिहास, अहिले महिलाको अवस्था, घोषणापत्र कार्यान्वयन पछिका उपलब्धी बारे छलफल गरेकी थिइन् ।
अधिकारकर्मी सिलवालले बालिकाको विद्यालय भर्ना दरमा वृद्धि भए पनि शिक्षामा लैंगिक सन्तुलनमा सुधार आउन नसकेको बताइन् । उनले हरेक तहमा महिला सहभागितामा सुधार, मातृ मृत्युदरमा कमी, स्वास्थ्य सेवा, सूचना र सम्पूर्ण जीवनचक्रसंग सम्बन्धित सेवाहरूमा महिलाकोे पहु“चबृद्धि, आर्थिक स्रोत साधनस्रोत, सम्पत्ति र लघु ऋणहरूमा पहु“च बृद्धि, महिलाको स्वामित्वमा जग्गा र घर दुबै भएका घरपरिवारको प्रतिशतमा बृद्धि हु“दै जानु लगायत घोषणापत्रको उपलब्धी रहेको बताइन् ।
विविसीकी सचिव पार्वती सुनारको अध्यक्षतामा भएको कार्यक्रममा गैसस महासंघ कैलालीका सचिव चेतमान साउ“द, कार्यक्रममा सहभागित तर्फबाट अछामकी पशुपति कु“वर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन फोकल पर्सन विन्दु शर्माले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार